मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता


बागमती,  ९  असार  :  युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको छ । प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो ।
पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको सो मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने गरी भएको सो सम्झौताका आधारमा युरिया मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने मन्त्री हुमागाईंले जानकरी दिनुभयो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?