किभको आवासीय क्षेत्रमा भयानक रूसी हमला


किएभ,  १२  असार   :   रूसको आक्रमणविरूद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी सेभेनका नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतबार बिहान यहाँको आवासीय एवम् आसपासको क्षेत्रमा भयानक विस्फोट भएका छन् । उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन सातापछि पुनः हमला भएको किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन् । केही नगरवासीलाई बाहिर निकालिएको तथा दुईजना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए भग्नावशेषमा मानिस रहेका अनुमान गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्याण्डको सीमा नजिकका शहर शनिबार भएका आक्रमणबाट प्रभावित भएका थिए । आइतबारको आक्रमणको केही घण्टापछि जी सेभेन सदस्य क्यानडा, जापान र संयुक्त राज्य अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध लगाउँदै उसको बहुमूल्य रत्न एवम् धातु निर्यात रोक्ने घोषणा गरेको छ । यो कदमले ‘रूसी कुलीन वर्गलाई प्रहार गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध संयन्त्रमा हान्ने’ प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
बारभियन आल्पस्मा जारी बैठकपछि पश्चिमा गठबन्धनले मस्कोमाथि लगाइएका प्रतिबन्धहरूको प्रभावकारिताको समीक्षा गर्नका साथै किएभका निम्ति सम्भावित सहायता तथा दीर्घकालीन पुनर्निर्माण योजनाबारे छलफल गर्नेछ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । यस अवधिमा रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ । ( रासस÷सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?