मन्त्रिपरिषद्मा हेरफेर


काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा उहाँहरुलाई सहभागी गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?