नेपाली भूमि कब्जा गरेपछि गोरखामा नारा घन्किए , चिनिया बिस्तारबाद मूर्दाबाद


काठमाडौं,(असन बजार पत्रिका )   चीनले गोरखाको नोम्यान्स ल्याण्डमा तारबार लगाएर उत्तरमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै नागरिक समूह राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ ।गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ रुइला नाकामा बेइजिङले अवैध संरचना खडा गरेको बेइजिङको कदमको बिरुद्ध जनआक्रोश देखिएको थियो । त्यहां दर्जनौं प्रदर्शनकारीले विरोध गरेका छन र प्रदर्शनमा ‘गो ब्याक चाइना’, ‘चिनियाँ विस्तारवादको अन्त्य गर’, ‘अतिक्रमित भूमि फिर्ता गर’, ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपालविरुद्धको अघोषित नाकाबन्दी अन्त्य गर’ र चिनिया बिस्तारबाद मूर्दाबाद जस्ता नारा लगाइएको थियो ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले असन बजार पत्रिकालाई भने, ‘चीनले बारम्बार नेपाली भूमि अतिक्रमण गरिरहेको छ यो नेपाली जनताकालागि अपमानको बिषय हो । उनले भने, ‘दुई राष्ट्रबीच भएको सम्झौताको सँधै चीनले उल्लङ्घन गर्दै आएको छ । चीनले नेपाली भूमिमा हुम्लामा १२ वटा भवन बनाएर सधैं सम्झौताको विरुद्धमा गइरहेको छ ,’ उनले भने ।
साथै उनले दुई–तीन दिनअघि मात्रै गोरखाको उत्तरी क्षेत्रमा चीनले नो(म्यान ल्याण्ड तार लगाएको बताए ।‘उनीहरूले आएर नो(म्यान जमिन कब्जा गरे, यो कदम निन्दनीय छ, चीनले हाम्रो भूमि फिर्ता गर्नुपर्छ र हामी अतिक्रमणविरुद्ध सडकमा उत्रिरहेका छौं, यो समस्या समाधान गर्न चिनियाँ पक्ष र नेपाली पक्षलाई हामी बिनम्र भएर अनुरोध गरिरहेका छौ यो अनुरोधलाई खेलाची नठानियोस । जतिसक्दो चाँडो चीनले कब्जा गरेको नेपाली भूभाग मुक्त गरौँ,’ विनय यादवले भने ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सीमामा संरचना निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्ड पूरा नगरी बार निर्माण गरिएको हो ।गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सीमामा तारबार लगाउने विषयमा अनभिज्ञता व्यक्त गरे । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि व्यक्तिको भूमिमा कुनै संरचना वा बार बनाउन पाइँदैन । यस्ता कार्यका लागि द्विपक्षीय सहमति चाहिन्छ।
तर, अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरी चीनले नो म्यान ल्याण्ड क्षेत्रमा रुइला नाकामा तारबार लगाएको स्थानीयको दाबी छ । तारबार लगाउने चिनियाँ अवैध कब्जाले सीमा पार गर्ने स्थानीयको आवतजावत ठप्प भएको दैनिक उपभोग्य वस्तु ल्याउन समस्या भएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?