असन बजार पत्रिका
२५ श्रावण २०७९, बुधबार
hostingsewa-nepal-best-website-hosting
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
    • अरुको विचार
    • अन्तरवार्ता
    • प्रतिकृया
    • ब्लग
    • सम्पादक को छनौट
  • राजनीति
  • अन्तराष्ट्रिय
    • विश्वबजार
  • अपराध
  • मनोरन्जन
  • प्रदेश
    • १
    • २
    • ३
    • ४
    • ५
    • ६
    • ७
  • आर्थिक
    • कर्पोरेट
    • बैंक तथा बित्तिय
    • असन बजार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • पर्यटन
    • पत्रपत्रिका
    • सूचना प्रबिधि
    • कोभिड १९ अपडेट
    • एशिया
    • असन बजार
    • दस्ताबेज
  • English
  • ई-पेपर
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
    • अरुको विचार
    • अन्तरवार्ता
    • प्रतिकृया
    • ब्लग
    • सम्पादक को छनौट
  • राजनीति
  • अन्तराष्ट्रिय
    • विश्वबजार
  • अपराध
  • मनोरन्जन
  • प्रदेश
    • १
    • २
    • ३
    • ४
    • ५
    • ६
    • ७
  • आर्थिक
    • कर्पोरेट
    • बैंक तथा बित्तिय
    • असन बजार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • पर्यटन
    • पत्रपत्रिका
    • सूचना प्रबिधि
    • कोभिड १९ अपडेट
    • एशिया
    • असन बजार
    • दस्ताबेज
  • English
  • ई-पेपर

सिंहध्वाका दरबार, मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल


  भक्तपुर,  २२  असार  :   भक्तपुर दरबारस्क्वायरस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रष्ट उक्त भवन कुन शैलीमा पुनःनिर्माण गर्ने भन्ने विवादका कारण हालसम्म पुनःनिर्माण हुन सकेको छैन ।
पुरातत्व विभाग हालकै शैलीमा पुनःनिर्माण गर्न चाहन्छ भने भक्तपुर नगरपालिका यसको ऐतिहासिक प्रमाणका आधारमा मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्ने अडानमा छ । यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले पुरातत्व विभागलाई लिखितरुपमै प्राप्त पुराना प्रमाणको आधारमा मल्लकालीन शैलीमा सिंहध्वाखा दरबार पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले बुधवार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई भेट गरी विश्व सम्पदा सूचीमा सूचीकृत पचपन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबारको मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न लिखित आग्रह गर्नुभएको हो । उहाँले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न ‘युनेस्को’ प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको औँल्याउनुभयो । सोही अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गर्नुभयो । भक्तपुर नपाले यसअघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

Post navigation

Prev Post
Next Post

भर्खर

अमेरिकी विशेष दूत जेसिका नेपाल र भारतको भ्रमणमा आउदै

अमेरिकी विशेष दूत जेसिका नेपाल र भारतको भ्रमणमा आउदै

श्रीलंकाले चिनिया जासुसी जहाजलाई रो्केपछि चीनले दूतावासको सामाजिक सञ्जाल रोक्यो

श्रीलंकाले चिनिया जासुसी जहाजलाई रो्केपछि चीनले दूतावासको सामाजिक सञ्जाल रोक्यो

चीनसंग भिडन ताइबानको रक्षा मन्त्रालय पनि सैन्य अभ्यासमा

चीनसंग भिडन ताइबानको रक्षा मन्त्रालय पनि सैन्य अभ्यासमा

श्रीलंका संकटले भारतलाई दक्षिण एसियामा नयां राजनीतिक मैदान मिल्दै

श्रीलंका संकटले भारतलाई दक्षिण एसियामा नयां राजनीतिक मैदान मिल्दै

ताइवान विरुद्ध चीनको धम्कीप्रति विश्वव्यापी सांसदहरूको चिन्ता

ताइवान विरुद्ध चीनको धम्कीप्रति विश्वव्यापी सांसदहरूको चिन्ता

पाकिस्तानी नेताको कार ओभरटेक गर्न खोजेको भन्दै हिन्दू परिवारमाथि आक्रमण

पाकिस्तानी नेताको कार ओभरटेक गर्न खोजेको भन्दै हिन्दू परिवारमाथि आक्रमण

ताइवानको स्वतन्त्रता र लोकतन्त्र कसैले खोस्न सक्दैन : विदेशमन्त्री वु

ताइवानको स्वतन्त्रता र लोकतन्त्र कसैले खोस्न सक्दैन : विदेशमन्त्री वु

थप १ हजार ९० जनामा कोरोना, २ जनाको मृत्यु

थप १ हजार ९० जनामा कोरोना, २ जनाको मृत्यु


बजार पब्लिकेसन प्रा. लि.


टोख १० गोङबु, काठमाडौँ
०१-४३५७२५१
[email protected]
सम्पादक: युगनाथ शर्मा पौडेल
सूचना विभाग दर्ता नम्बर: ५६७/०७३/७४
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अपराध
  • मनोरञ्जन
  • प्रदेश
  • आर्थिक
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता
  • सम्पादक को छनौट
  • असन बजार
  • एशिया
  • दस्ताबेज
  • विश्वबजार

प्रतिलिपि अधिकार © असन बजार पत्रिका ( बजार पब्लिकेसन प्रा. लि.) सबै अधिकार सुरक्षित। SUPPORTED BY

  • होम
  • नीति
  • सर्तहरू
  • विचार
  • गोपनीयता