जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या


टोकियो [जापान] : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको शुक्रबार पश्चिमी जापानको नारा शहरमा चुनावी भाषणका क्रममा गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
"अधिकारीहरूले पूर्व जापानी प्रधानमन्त्री आबे शिन्जोको मृत्यु भएको पुष्टि भएको बताएका छन्। 
क्योटो नजिकैको नारा सहरमा शुक्रबार एक भाषणका क्रममा उनलाई गोली हानिएको बताइएको छ," जापानी मिडिया आउटलेट एनएचकेले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा ट्वीट गरेको छ। लिबरल डेमोक्रेटिक पार्टीका स्रोतहरूले पनि यसको पुष्टि गरेको क्योटो समाचार एजेन्सीले जनाएको छ।
जापानका सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण देखाउँदै २०२० मा राजीनामा दिएका थिए। उनी सन् २००६–०७ र २०१२–२० सम्म दुई पटक जापानको प्रधानमन्त्री भएका थिए । उनको उत्तराधिकारी योशिहिदे सुगा र पछि फुमियो किशिदाले गरे।
यसअघि जापानको संसदको माथिल्लो सदनका लागि आइतवार हुन लागेको निर्वाचनअघि आज बिहान ६७ वर्षीय आबेलाई पश्चिमी जापानी सहर नारामा प्रचार भाषणका क्रममा बिहान ११.३० बजे (स्थानीय समय) बेहोस भएपछि अस्पताल लगिएको थियो।
एजेन्सीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?