के दुनियाँ आणविक युद्धतर्फ जाँदैछ ? अमेरिकाले जारी ग–यो आणविक असरबाट बच्ने उपाय !


काठमाडौं । रुस–युक्रेनबीच युद्ध भएको आज अर्थात् जुलाई १२ सम्ममा आइपुग्दा १सय ४० दिन पुगेको छ । यसबीचमा न त रुसले युद्ध जितेको छ, न त युक्रेन हारेको छ । दुनियाँ हैरान छ । संसारभर पेट्रोलियम पदार्थलगायत खाद्यान्नको मूल्यवृद्धिले विश्व समुदाय समस्याग्रस्त छ ।
युक्रेनलाई पश्चिमा मुलुकको सैन्य र आर्थिक मद्दतले रुस रिसले जलिरहेको छ । यस्तो परिस्थितिमा रुसको पक्षमा आणविक युद्धबाहेक अन्य विकल्प बाँकी नरहेको एकाध पश्चिमा रक्षा विशेषज्ञहरुको विश्लेषण रहेको छ । उनीहरुका अनुसार, आणविक हतियार प्रयोग गर्नका निम्ति नभई शत्रु शक्तिलाई तर्साउन र आफ्नो मुलुकको आत्मरक्षाका निम्ति हो तर रुसले युक्रेनमाथि परम्परागत हतियार प्रयोग गरेर युद्धलाई निर्णायक मोडमा पु¥याउन नसकेको अवस्थामा रुससँग अब स्थानविशेष आणविक हतियार (ट्याक्टिकल न्युक्लियर विपन) आक्रमण गर्नुबाहेक अन्य उपाय शेष रहेन ।

यद्यपि, उनीहरु यस्तो जटिल र खतरनाक फैसलामा रुसी अधिकारीहरु पुग्लान भन्ने निष्कर्ष पुगेका छैनन् । तापनि पश्चिमा रक्षा विशेषज्ञहरुको यो पनि मत रहेको छ कि, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एक एकाधिकारवादी (अटोक्र्याट) प्रवृत्तिका शासक रहेकाले उनले कुन बेला कस्तो खालको निर्णय लेलान भन्न गाह«ो छ । त्यसो त उनीहरुले रुसले युक्रेनमाथि पक्कापक्की हमला गर्छ भन्ने विषयमा पहिले गरेको विश्लेषण सत्य साबित भएको छ । त्यसै अध्ययनको आधारमा भन्ने हो भने पश्चिमा रक्षा विशेषज्ञहरु रुस र पुटिनका बारेमा कुनै पनि विश्लेषण वा निष्कर्ष निकाल्नु अघि गम्भीर, सजग र सत्र्तक भएर आफ्ना धारणाहरु प्रकाशमा ल्याउँछन् ।

 

रुस–युक्रेनबीचको युद्धमा छद्मभेषी भूमिकाको आरोप खेपिरहेको अमेरिकाले पहिलो पटक आफ्ना नागरिकरुलाई आणविक युद्धको असरबाट कसरी बच्ने भन्ने करिब डेढ मिनेटको सन्देशमूलक भिडियो जारी गरेको छ ।
अमेरिकाको न्युयोर्क स्टेट इमर्जेन्सी म्यानेजमेन्टले आइतबार एक भिडियो जारी गरेर आफ्ना नागरिकलाई आणविक युद्ध भइहालेमा त्यस युद्धको असरबाट कसरी न्यूनतमरुपमा बच्ने भनेर एकपछि अर्को सुरक्षाका उपायका विषयमा जानकारी दिइएको छ ।
अमेरिकाले जारी गरेको भिडियोसँगै बााक िदुनियाँले पनि यो अनुमान लगाउन थालेका छन् कि अमेरिका पनि अब आणविक युद्धको तयारीमा जुट्न थालेको छ । उनीहरुको यो अनुमान आधारहीन भन्न मिल्दैन किनभने अमेरिकाले १० जुलाईका दिन अस्ट्रेलियामा आफ्ना स्टील्थ बी–२ स्प्रिट बम वर्षक विमान तैनाथ गरिसकेको छ । चीनको ताइवानमाथिको आक्रामक दृष्टिकोणलाई ध्यानमा राखेर अमेरिकाले अस्ट्रेलियामा उक्त युद्धक विमान उतारेको बताइन्छ ।

 

अमेरिकाले खासगरी बी–२ बम्बर इन्डो–प्यासिफिक क्षेत्रमा भयमुक्त र स्वतन्त्र स्थिति बनाई राख्न मित्र देशहरुसँग अभ्यास तालिमका लागि उतारेको अमेरिकी वायुसेनाले एक विज्ञप्ति जारी गरेर जानकारी दिइएको छ ।
अमेरिकी रक्षा विशेषज्ञहरुले रुसले युक्रेनमाथि जुनसुकै समयमा स्थानविशेष आणविक हमला गर्ने र चीनले ताइवानमाथि अपर्झट आक्रमण गर्न सक्ने सम्भावना औंल्याएका छन् ।

 

उनीहरुले अमेरिकाको यो कदमलाई आफ्ना नागरिकहरुलाई खराब परिस्थितिसँग जुध्न तयार रहन सचेत र सत्र्तक गराइएको बताएका छन् । अमेरिका रुस र चीनसँग सजग रहेसँगै युरोप पनि सम्भावित आणविक आक्रमणलाई लिएर जागरुक अवस्थामा रहेको छ । कतिपय युरोपेली मुलुकले अमेरिकी भिडियोलाई साझा गरेका छन् ।
उता रुस र चीन अमेरिकी बढ्दो ताकतलाई परास्त गर्न सँगै मिलेर अगाडि बढ्न भलाकुसारी गर्न समय खर्चिरहेका छन् । अमेरिकी भिडियोले विश्वमा फेरि एक पटक परमाणु युद्ध हुन सक्ने संकेत गरेको छ । ( उज्ज्वल झा–असन बजार पत्रिका) एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?