मंगलबारदेखि मनसुन सक्रिय हुने, गर्मीबाट राहत पाउने आशा


काठमाडौं,  २  साउन  (असनबजार पत्रिका)  :  काठमाडौं र तराईको मौसममा के–कत्ति फरक छ भनेर जो कोहीले पनि छुट्याउन सजिलो छ तर विगत दुई चार दिन यता तराई र काठमाडौंको मौसममा खासै भिन्नता छैन । हावामा पानीको मात्रा कम भएर काठमाडौंको तापक्र पनि तराईकै जस्तै भएको छ ।
मनसुन सक्रिय नहुँदा काठमाडौं अहिले तात्तिएको छ ।

सर्वसाधारणको मुखबाट सजिलैसँग निस्किने शब्द हो, “उफ कस्तो गर्मी, तराई र काठमाडौंमा खासै फरक भएन । साह्रै गर्मी भयो । पंखाले पनि तातो हावा नै फाँक्यो, उत्पातै गर्मी ।” काठमाडौंको अधिकतम तापक्रम अहिले ३४ डिग्री सेल्सियस पुगेको छ । मौसम विभागले मनसुन सक्रिय हुन नसक्दा देशभरमै गर्मी चढेको जनाएको छ । विभागका अनुसार मंगलबार मध्यान्हदेखि मौसममा केही परिवर्तन आउने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले वर्षा हुन नसकेको हो । सोमबार अपराह्नदेखि पहाडी भू–भागमा हल्ल्का तथा मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा भने सोमबार अपराह्नतिर मध्यम खालको वर्षा हुनेछ । मंगलबार र बुधबार मुलुकको विशेष गरेर सुदुरपश्चिम, मध्यपश्चिमलगायत अन्य क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ । काठमाडौं उपतयकामा सोमबार बिहान हल्का पान िपरे पनि गर्मीबाट तात्विक राहत पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?