नासाको विश्वको नयाँ मानचित्र : पृथ्वी बन्यो राताम्य


काठमाडौं,  ३  साउन  (असनबजार पत्रिका)  : संसारभर बढ्दो तापक्रमका कारण जलवायुमा व्यापक परिवर्तन आएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टरियो गुटरेजले मंगलबार ग्लोबल वार्मिङकाविरुद्ध सबै राष्ट्र जुट्ने बेला आएको बताएका छन् ।

उनले आज विश्वभर जलवायु परिवर्तनका कारण कुनै पनि देश त्यसको असरबाट अछुतो नरहेकाले अब संसारका मानिसहरुका अगाडि या त ग्लोबल वार्मिङविरुद्ध सामूहिक प्रयत्नतिर लाग्नु प¥यो या त आत्महत्या (सुसाइट) का लागि तयार भएर बस्नुप¥यो भन्ने न्युयोर्कमा कडा टिप्पणी गरेका छन् । यसैबीच युरोपमा उच्च तापक्रमबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिका, रुस बाढीको चपेटामा परेका छन् । यता भारत, पाकिस्तान र चीनमा पनि भीषण बाढीको प्रकोप छाएको छ ।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले विश्वभर तापक्रममा वृद्धि भएर विश्वको मानचित्र रातो भएको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा पूरै विश्व हिटवेभले मडारिएको देखाएको छ । यसैबीच लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् ।सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । लन्डनमा ४० डिग्री सेल्सियस तापमान पुग्ने अनुमान गरिएकोे छ । गर्मीका कारण केही विद्यालय बन्द गरिएका छन् । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रेड अलर्ट जारी गर्दै सर्वसाधारणलाई घरबाहिर नस्निकन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?