दुईसय डलरसम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था


 

काठमाडौं,  ४  साउन  :  अब उप्रान्त जो कोही नेपाली एैच्छिक विदेश भ्रमणमा जाँदा यसभन्दा अघिको जस्तो विदेशी विनिमय सुविधा पाउने छैनन् । नेपाल राष्ट्र बैंकले बुधबार एक नयाँ निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

नेपाल राष्ट्र बैंक मनिचेन्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्थाबमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई यस खालको परिपत्र जारी गरिएको हो । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?