श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित


कोलम्बो,  ४ साउन :  श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । श्रीलङ्काको संसदमा बुधबार भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो । रासस / सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?