नागरिकताको विषयमा सरकारको बाचा पूरा : अध्यक्ष प्रचण्ड


सर्लाही,  ७  साउन   :   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  नागरिकताको विषयमा सरकारले नागरिकसमक्ष गरेको बाचा पूरा गरेको बताएका छन् ।

 

सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई मधेशको नागरिकतासम्वन्धी समस्या सम्वोधन गर्ने प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक ल्याएर  सरकारले बाचा पूरा गरेको  बताए ।

 

६ लाख बढी युवा नागरिकताविहीन रहेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हमपट्टी लगाउने काम गरेको चर्चा  गदैं प्रचण्डले आउने मङ्सिर पहिलो हप्तामा प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा हुने तयारी भएको पनि बताए ।

 

राष्ट्रियता स्वाधीनता, राजनीतिक स्थिरता, विकास र समृद्धिका निम्ति छिमेकी दुई मुलुक भारत र चीनसँग सन्तुलित र राम्रो सम्वन्ध कायम राख्न आवश्यक रहेको बताए ।  (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?