चिनियाँ कल सेन्टरमा प्रहरीको छापा, ७ महिला पक्राउ


काठमाडौं,  ९  साउन  :  काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।

 

महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ । छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मार्ने क्रम जारी रहेको छ । यसअघि आइतबार रूपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा नौजना सञ्चालकसहित १ सय ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?