फेरि बढ्यो कोरोना, सात जनाको मृत्यु


काठमाडौं,  ११  साउन  :   गत असार महिनादेखि बढेको कारोना संक्रमणका कारण सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयको तथ्याङ्कमा  साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । सङ्क्रमणका कारण चार महिनाअघि मात्र सङ्क्रमितको मृत्यु भएकाे थियाे ।  योसँगै नेपालमा अहिलेसम्म ११ हजार ९५९ जनाको मृत्यु भएको छ ।

 

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार मृत्यु भएका मध्ये ६ जनाले कोरोना विरुद्धको खोप लगाएका थिएनन् । उहाँले भन्नुभयो, “१० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ। एक जनाले मात्र खोप लगाउनुभएको थियाे ।” मृत्यु भएका तीन जनामा पहिले कुनै न कुनै स्वास्थ्य समस्या भएकाे हुनुहुन्छ । नेपालमा सङ्क्रमितको मृत्युदर १.२ प्रतिशत छ । मृत्यु हुनेमा उमेरअनुसार नौ वर्ष उमेर समूहका ५१, १० देखि १९ वर्ष उमेरका ५७, २० वर्षदेखि २९ वर्ष उमेरका ३८० जना रहको मन्त्रालयले उल्लेख गरेकाे छ । त्यसैगरी, ३० वर्ष देखि ३९ वर्ष उमेरका ९६५, ४० देखि ४९ उमेर समूहका १६ सय ६४, ५० देखि ५९ उमेरका २३ सय, ६० देखि ६९ उमेरका २ हजार ५०५ जना छन् । र, ७० देखि ६९ उमेरका २३ सय ८९, ८० वर्ष माथिका १६ सय ३८ र अज्ञात १३ जना छन् ।

 

कोरोना सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा नेपालमा ११ लाख २६ हजार ३२० जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये नौ लाख ६८ हजार ८०२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमित निको हुने दर ९८.४ प्रतिशत छ । नेपालमा फैलिएको सङ्क्रमण आमिक्रोनको उपप्रजाति बिए वान र बिए फाइभ छन् । विभिन्न अध्ययनले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्य मापदण्डा अपनाउन, भीडभाडमा नजान र माक्सको प्रयोग गर्न आग्रह गर्नुहुन्छ । (अबप)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?