पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना, २ जनाको मृत्यु


काठमाडौं,  ११  साउन  :  देशभर पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ५ सय ४१ जनाको पीसीआर र २ हजार ४ सय ८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?