६ म्याग्निच्युडको भूकम्प, खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु


काठमाडौं,  १५  साउन  :  काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ः१४ बजे भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का राम्ररी महसुस गरिएता पनि त्यसको केन्द्रविन्दु र कति म्याग्निचूडको भूकम्प गएको हो सम्बन्धमा विस्तृत विवरण भने आउन बाँकी छ ।

यसैबीच राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ ।  खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आई नसकेको जनाएको छ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?