६ सय २० जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


काठमाडौं,  १५  साउन  :  पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल पाँच हजार ८ सय ४६ जनामध्ये २६ सय ५१ जनाको पीसीआर र ३१ सय ९५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५ सय ६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २ सय ९७ जनाको डिस्चार्ज हुनुभएको छ। पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५ सय ६७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६७ पुगेको छ। होम आइसोलेशनमा चार हजार ४ सय २४, संस्थागत आइसोलेशन १ सय ४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन्।

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन्। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६ सय ५ र ललितपुर ५ सय ५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?