नागको विशेष पूजा गरी नाग पञ्चमी सम्पन्न


काठमाडौं,  १७  साउन  :  श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइएको छ । यस वर्षको नाग पूजा साउन १७ गते मङ्गलबार  परेको छ ।

नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई  ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पञ्चमीका अवसरमा

काठमाडौंस्थित नागपोखरी र धापाखेल नागदहमा विशेष मेला लागेको थियो ।  (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?