लादेनपछिका अल कायदाका ठूला नेता जवाहिरी पनि मारिए


वासिङ्टन,  १७  साउन  : अफगानिस्तानमा भएको एक ड्रोन हमलामा अल कायदा प्रमुख अयमान अल–जवाहिरीको मृत्यु भएको सिएनएनले जनाएको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटरमा हमलाको पुष्टि गर्दै भनेका छन्, “जुलाई ३१ मा काबुल सहरको शेरपुर क्षेत्रमा रहेको एक आवासीय घरमा हवाई हमला गरिएको थियो । घटनाको प्रकृति सुरुमा स्पष्ट थिएन तर इस्लामिक इमिरेट्सको सुरक्षा र खुफिया सेवाहरूले घटनाको अनुसन्धान गरे र प्रारम्भिक निष्कर्षहरूले निर्धारण ग¥यो कि हमला अमेरिकी ड्रोनले गरेको हो ।”

मुजाहिदले भने कि अफगानिस्तानको इस्लामिक इमिरेट्स “कुनै पनि बहानामा यो आक्रमणको कडा निन्दा गर्दछ र यसलाई अन्तर्राष्ट्रिय सिद्धान्त र दोहा सम्झौताको स्पष्ट उल्लंघन भन्छ ।” राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा अल–कायदाविरुद्ध सफल आतंकवादविरोधी अभियानमा संयुक्त राज्य अमेरिकाले चलाएको अपरेशन सफल भयो र अल जवाहिरी मारिएको पुष्टि गरे ।

अमेरिकाले ओसामा बिन लादेनलाई मारेको ११ वर्षपछि भर्खरै ७१ वर्ष पुगेका जवाहिरी एक बिन्दुमा, उनले बिन लादेनको व्यक्तिगत चिकित्सकको रूपमा काम गरेको सिएनएनको रिपोर्टमा भनिएको छ । पाकिस्तानको जलालाबादमा अमेरिकी सिल बलले लादेनलाई मारिएपछि जवाहिरी अल कायदा समूहको प्रमुखको रूपमा लादेनको उत्तराधिकारी बनेका थिए । जवाहिरीमाथि दारे–ए–सलाम, तान्जानिया, नैरोबी र केन्यास्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा बम विष्फोटको आरोप लगाइएको थियो । अगस्ट ७, १९९८ मा अफ्रिकाको नैरोबी, केन्या र तान्जानियाको दारे–ए–सलाममा अमेरिकी दूतावासअगाडि झन्डै एकैपटक बम विष्फोट भयो र विस्फोटमा १२ अमेरिकीसहित २ सय २४ जनाको मृत्यु भयो र ४ हजार ५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

जवाहिरीको आतंककारी योजनाको पराकाष्ठा सेप्टेम्बर ९।११ मा आयो, जब वल्र्ड ट्रेड सेन्टर र पेन्टागनको जुम्ल्याहा टावरहरूमा भएको आक्रमणमा ७ हजारभन्दा बढ िमानिसहरू मारिए । वाशिङटनतर्फ गइरहेको चौथो अपहरण भएको विमान पेन्सिलभेनियाको मैदानमा यात्रुहरूले झगडा गरेपछि दुर्घटनाग्रस्त भएको थियो ।
आक्रमणपछि बिन लादेन र जवाहिरी दुवै सन् २००१ को अन्त्यमा अफगानिस्तानमा लुकेर बसेका थिए ।

सन् २०२० को अन्त्यदेखि अल–जवाहिरीको मृत्यु रोगबाट भएको अफवाह फैलिएको थियो । संयुक्त राष्ट्रसंघको विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीको हालैको प्रतिवेदनले जवाहिरी अफगानिस्तानमा बसिरहेको र स्वतन्त्र रूपमा सञ्चार गरिरहेको पुष्टि गरेको थियो । उक्त समूहले जारी गरेको भिडियो सन्देशबाट अल–जवाहिरी जीवित रहेको प्रमाण भएको बताइएको छ ।

प्रतिवेदनमा अल कायदा र इस्लामिक स्टेट लगायतका आतंकवादी समूहको बढ्दो शक्तिले विश्वका लागि ठूलो खतरा बन्न सक्ने चेतावनी पनि दिएको छ । अमेरिकी विदेश मन्त्रालयले जवाहिरीलाई पक्राउ गर्न सिधै जानकारी दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कारको प्रस्ताव गरेको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?