एक जना सङ्क्रमितको मृत्यु, ७ सय ६० जनामा कोरोना


काठमाडौं,  १९  साउन  :  पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय २६ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना पुष्टि भएको छ ।  दुई हजार ५ सय ८९ जनाको पीसीआर गर्दा ४ सय ९४ र तीन हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय६६ जना सङ्क्रमित भएका हुन् । २४ घण्टामा ३२४ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

 

सङ्क्रमितमध्ये सबैभन्दा बढी ३ सय ५१ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना छन् । पछिल्लो २४ घण्टामा ४७ हजार ३ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६०२ छन् । सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा पाँच हजार ४ सय ४०, संस्थागत आइसोलेसनमा १ सय ६२ जना उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ४४ जना आइसीयूमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?