निर्वाचन गर्ने सरकारी निर्णय स्वाभाविक : ओली


काठमाडौं,  १९ साउन  :  नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताउनुभएकाे छ । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसंग अन्तरक्रियामा उहाँले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्नुहुँदै यस्ताे बताउनुभकाे हाे ।  ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं’, ओलीले भन्नुभयाे।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?