तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध : प्रमुख आयुक्त थपलिया


काठमाडौं,  १९  साउन  (असनबजार पत्रिका)  :  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाका लागि निर्वाचन गर्नका लागि मिति तोकिएकोमा आयोगका लागि उक्त समयावधि तयारीका लागि पर्याप्त भएको बताएका छन् । आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको स्पष्ट गरे ।

आयोगलाई निर्वाचन गराउन सामान्यतः १ सय २० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिर्ले निर्वाचन गराउन सामान्यतः १ सय २० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १ सय ७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उनको भनाइ छ ।

थपलियाले एक फरक प्रसंगमा वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराए । उनले उम्मेदवारी दर्ता गरेपछि सांसद पद स्वतः सकिने भए पनि कानुनमा व्याख्या गरेर त्यसलाई सल्टाउनुपर्ने बताए ।

 

प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनले कर्मचारीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको भए पनि अन्य अधिकारका विषयमा आयोगले परामर्श गरी टुङ्गो लगाउने बताए । आउने निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले उल्लेख गर्दै सवारीसाधनलगायत आवश्यक निर्वाचन सामग्री सहयोगका लागि सरकारमार्फत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने उनको भनाइ छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली संकलन कार्य साउन २० गते शुक्रबारदेखि स्थगित हुने र मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकनको व्यवस्था मिलाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?