अमेरिकामा मंकीपक्स आपतकालीन रोग भएको घोषणा


वाशिंगटन,  २०  साउन  (असनबजार पत्रिका)  :  संयुक्त राज्य अमेरिकाले बिहीबार मंकीपक्सलाई सार्वजनिक स्वास्थ्य आपतकाल (इमर्जेन्सी) घोषणा गरेको छ ।
राष्ट्रपति बिडेनका स्वास्थ्य सचिव जेभियर बेसेराले भने, “हामी प्रत्येक अमेरिकीलाई मन्कीपक्सलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौं ।”

अमेरिकामा मंकीपक्स खोपको आपूर्तिमा गम्भीर रूपमा अवरोध आएको र बिडेन प्रशासनले नियन्त्रणका लागि ढिलो कदम चालेकोमा आलोचना गरिएको छ।
अहिलेको यो आपतकालीन घोषणाले औषधिको अभावलाई कम गर्दैन, तर बिडेन प्रशासनले रोगको उपचारका लागि सिफारिस गरिएको औषधि टेकोभिरिमेटमा छिटो पहुँचका लागि अनुमति दिन सक्छ।

संयुक्त राज्य अमेरिकाको वाशिंगटन, न्यूयोर्क र जर्जियामा प्रति व्यक्ति उच्चतम दरको साथ लगभग ७ हजार मंकीपक्सका केसहरू रेकर्ड गरेको थियो। ९९ प्रतिशतभन्दा बढी केसहरू पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष हुन्। मंकीपक्स भाइरस प्रायः नजिकको शारीरिक सम्पर्कको समयमा फैलिन्छ; संक्रमण बिरलै घातक हुने बताइएको छ ।

अहिलेसम्म अमेरिकामा कुनै व्यक्तिको मृत्युको रिपोर्ट गरिएको छैन, तर यो रोग धेरै पीडादायी हुन सक्छ। क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसका महामारीविद् एवं डब्लुएचओको मंकीपक्सका सल्लाहकार प्यानलका सदस्य एनी रिमोइनले भने, “मंकीपक्सलाई आपतकालीन घोषणा गर्दा यो महत्त्वपूर्ण छ भन्ने बलियो सन्देश पठाउँछ, कि यसलाई अहिले नै सम्बोधन गर्नुपर्दछ।” (एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?