पाँचदलीय सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने सहमति


काठमाडौं,  २०  साउन  :  पाँचदलीय सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षताममा शुक्रबार बसेको सत्ता गठबन्धन बैठकले उक्त सहमति गरेको हो ।

 

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?