एकको मृत्यु, ६ सय ६० जनामा कोरोना सङ्क्रमण


काठमाडौं,  २१ साउन :  पछिल्लो २४ घण्टामा ६ सय  ६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ६ सय  ८२ कोरोना परीक्षण गर्दा ६ सय  ६० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

 

एक हजार ९ सय  ४२ पीसीआर परीक्षणमा ३ सय  २६ र दुई हजार ७ सय  ४० एन्टिजेन परीक्षणमा ३ सय  ३४ जना गरी कुल ६ सय  ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ४ सय  ४४ रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय  ४१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?