नेता सिंहको प्रधानमन्त्री बनेर देश विकास गर्ने चाहना प्रकट


काठमाडौं,  २१ साउन  :  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताउनुभएको छ ।  काठमाडौंमा शनिबार आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेको बताउनुभएको हो ।

 

आफूसँग भिन्न प्रकारको अनुभव रहेको, असल नियत भएकाले देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,  ‘नेपालको प्रगतिलाई अघि बढाउन ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नु परिरहेको छ । नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ ।

 

ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो । देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्रोको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ ।’  नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सत्ता गठबन्धनको बलियो मोर्चाबन्दीले  रोइरहेको बताउनुभयो । उहाँले एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?