प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा महाभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलबार बिहान ११ बजे बस्नेछ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?