गठबन्धन दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने कांग्रेसको मत


काठमाडौं,  २३ साउन  :  नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नु पर्नेमा जोड दिएका छन् ।

 

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले देशैभर गठबन्धनका उम्मेदवारले जित्नेगरी तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् ।

 

बैठकमा कतिपय नेताहरुले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका १ सय ६५ सिटमध्ये सय सिट कांग्रेसको भागमा राखेर गठबनधन गर्न सुझाव दिएका एक नेताले इमेज खबरलाई बताए । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनबीच हरसंभव तालमेल गर्ने प्रयास भइरहेको र नेकपा एमालेले पनि गठबन्धनमा रहेका अरु दलहरुलाई विभिन्न प्रकारले धेरै सिट दिने भनेर प्रलोभन दिएर भित्री मेहनत गरिरहेकोले त्यसतर्फ सतर्क हुनुपर्ने अवस्था रहेको बताउनु भएको थियो । उहाँले गठबन्धनमा लचिलो बन्नु पर्ने स्थििति रहेको र त्यसै अनुसारको मानसिकता बनाउन आग्रह गर्नुभएको ती नेताले बताए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सोमबार नै पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्दैछ । त्यसअघि कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?