९ सय ३४ जनामा कोरोना पुष्टि


काठमाडौं,  २३  साउन  :   नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३ सय ५१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।

 

दुई हजार ८ सय ६२ जनाको पीसीआर गर्दा ४ सय ९८ र दुई हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी ३ सय १ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ३६,  ललितपुरमा ४८ र भक्तपुरमा १७ जना छन् ।

 

सोही समयमा ४ सय ७० जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय ८६ छन् । त्यस्तै, २४ घण्टामा ३२ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?