ताइवान विरुद्ध चीनको धम्कीप्रति विश्वव्यापी सांसदहरूको चिन्ता


नयाँ दिल्ली ( एजेन्सीहरु ) अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमण पछि ताइवान विरुद्ध चिनियाँ सैन्य धम्कीप्रति विश्वव्यापी संसद सदस्यहरूको समूहले गम्भीर चिन्ता व्यक्त गरेको छन । अन्तरसंसदीय गठबन्धनले भनेको छ जनवादी गणतन्त्र चीन को सरकारद्वारा ताइवान विरुद्ध सैन्य धम्कीको भर्खरको वृद्धिमा गम्भीर चिन्ता व्यक्त गर्दछ, । उनीहरुले ताइवान स्ट्रेटमा प्रत्यक्ष फायर अभ्यास,गरेर मध्य रेखा पार गरेकोमा चिन्ता ब्यक्त गरेका छन । पहिलो पटक ताइवान र जापानको भूभागमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने चिनियाँ सेनाको कार्यहरू दशकहरूमा सबैभन्दा उत्तेजक भएको बताएका छन । त्यो जापानको आर्थिक क्षेत्रको रुपमा रहेको छ । उनीहरुले भनेका छन
ूयी कार्यहरू गैरजिम्मेवारपूर्ण र खतरनाक छन्, जसले लापरवाह सैन्य वृद्धिलाई मात्र प्रतिनिधित्व गर्दैन ताइवान र यसका क्षेत्रीय साझेदारहरू विरुद्ध आर्थिक रुपमा क्षति गर्ने कुरा हो । संसदीय समितिले भनेको छ प्रजातान्त्रिक राज्यहरूलाई चिनियाँ सरकारलाई आफ्नो आक्रामक सैन्य गतिविधि तुरून्त बन्द गर्न माग गर्न आग्रह गर्दै ताइवान स्ट्रेट मार्फत अन्तर्राष्ट्रिय व्यापार मार्गहरू पुन खोल्न अनुमतिका लागि समेत उनीहरुले जोड दिएका छन ।एएनआईका अनुसार पेलोसीको नेतृत्वमा अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलको भ्रमणपछि गत हप्ता ताइवान स्ट्रेटमा तनाव उत्पन्न भएको थियो। ताइवानले भ्रमणको स्वागत गर्दै यस भ्रमणले ूताइवानप्रतिको अमेरिकी प्रतिबद्धतालाई एकपटक फेरि जोड दिएको उल्लेख गरेको थियो । त्यसो त अप्रिल १९९७ मा न्युट गिङरिच ताइवान आएपछि २५ वर्षमा अमेरिकी सदनका सभामुखको यो उच्च दाँवको भ्रमण पहिलो भ्रमण हो। दुई दशकभन्दा बढी समयमा यो सभामुख पेलोसीको ताइवानको पहिलो यात्रा पनि थियो।
बेइजिङले आफ्नो छुट्टिएको प्रान्त मान्ने ताइवान नजिकै चीनले धेरै सैन्य अभ्यासहरू गर्न थालेको मात्र होइन बढी चिनियाँ युद्धक विमान र युद्धपोतले प्रत्यक्ष फायर सैन्य अभ्यासमा भाग लिएका छन्। यसबाहेक, ताइवान स्ट्रेट वरपर धेरै चिनियाँ विमानहरू र जहाजहरू डेरा जमाएर बसेको पनि देखिएको छ यो ताइबानलाई तर्साउने चिनिया रणनीति भएको बताइएको छ ।ताइवानका विदेशमन्त्री जोसेफ वुले मंगलबार चीनले ताइवान स्ट्रेटको जल तथा हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको नेभिगेसनको स्वतन्त्रतालाई प्रभाव पार्न आक्रमणको तयारी गर्न सैन्य अभ्यासको प्रयोग गरेको दाबी गरेका छन ।एक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वूले ताइवान वरपरका क्षेत्रमा सैन्य अभ्यास गर्ने चीनको निर्णय अन्तर्राष्ट्रिय कानून अन्तर्गत ताइवानको अधिकारको घोर उल्लङ्घन हो र यसले क्षेत्रीय शान्ति र सुरक्षालाई गम्भीर रूपमा खतरामा पार्ने बताएका छन । चीनले ताइवानमा आक्रमणको तयारी गर्न आफ्नो सैन्य ा अभ्यासहरू प्रयोग गरेको छ। यसले ठूलो मात्रामा सैन्य अभ्यास र मिसाइल प्रक्षेपण, साथै साइबर आक्रमणहरू, गलत सूचनाहरू र आर्थिक जबरजस्ती, जनतालाई कमजोर बनाउने प्रयासमा सञ्चालन गरिरहेको छ। तर लोकतान्त्रिक एबम स्वतन्त्र देश ताइबानले भने चीनको यो आक्रमणको प्रतिरोध गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?