श्रीलंका संकटले भारतलाई दक्षिण एसियामा नयां राजनीतिक मैदान मिल्दै


कोलम्बो ृश्रीलंको, (एएनआई) श्रीलंकाको आर्थिक संकटले त्यहाँका बासिन्दाहरूमा गम्भीर राजनीतिक र सामाजिक(आर्थिक प्रभाव पारेको छ। तर भारतका लागि भने यो घटनालाई लिएर विश्लेषकहरूले यो अवस्थालाई टापु राष्ट्रमा गुमाएको राजनीतिक मैदान फिर्ता गर्ने अवसरका रूपमा लिएका छन्। ।सन् १९४८ मा स्वतन्त्रता पाएदेखि श्रीलंकाले हालमात्रै आफ्नो खराब सामाजिक(आर्थिक सङ्कटको सामना गरिरहेको छ । त्यसो त कमजोर शक्तिको कारण र महत्वपूर्ण स्रोतसाधनको अभावका बीचमा, देशको एक समयको बलियो स्वास्थ्य सेवा प्रणाली अहिले ध्वस्त हुनेतहमा पुगेको छ । यो पछिल्लो आर्थिक दिवालियापनले मातृ स्वास्थ्य सेवा र गर्भनिरोधक पहुँच सहित यौन र प्रजनन स्वास्थ्य सेवाहरूमा गम्भीर असर पारेको छ जुन श्रीलंकाका लागि गम्भीर चिन्ता र चासोको कुरा हो ।
डिप्लोम्याट म्यागजिनका लागि लेख्दै, समीर पाटिल र डन म्याक्लेन गिलले तर्क गरेका छन कि पछिल्लो कोलोम्बोको खबरले चीनको क्षेत्रीय रणनीतिक प्रभाव र शक्ति प्रक्षेपण बढाउने उद्देश्यमा बाधा पार्न सक्छ । उनीहरूले आफनो बिचार अगाडि राख्दै अगाडि लेख्छन क्षेत्रीय शक्तिको रणनीतिक प्रभावको महत्वपूर्ण सूचकहरूले द्विपक्षीय सैन्य अभ्यासलाई निरन्तरता दिन र क्षेत्रीय राज्यहरूसँग रक्षा सहयोग सञ्चालन गर्ने क्षमतामा निहित छन्। यो कुराले अर्थ राख्छ ।
ूचीन यस क्षेत्रमा बिशेष गरेर पाकिस्तान, बंगलादेश र म्यानमार को प्रमुख हतियार निर्यातकर्ताको रूपमा देखा परेको छ, तर यसले दक्षिण एसियाली राज्यहरूसँग सैन्य आदानप्रदान र रक्षा सहयोगका अन्य देशहरुसंग विस्तार गर्न सकेको छैन,ू पाटिल र गिलले संयुक्त रूपमा आफनो कुरा लेखेका छन ।भारतको बढ्दो भौतिक क्षमता र भौगोलिक निकटतालाई उद्धृत गर्दै क्षेत्रीय विज्ञहरूले अधिकांश दक्षिण एसियाली राज्यहरूले पनि क्षेत्रीय शक्ति सन्तुलनलाई प्रत्यक्ष रूपमा खलल पार्ने अतिरिक्त क्षेत्रीय राज्यहरूसँगको कार्यमा संलग्न नहुनु बुद्धिमानी हुने र त्यो भारत बिरुद्ध जानु हितकर छैन भन्ने बुझनु आबश््रयक छ । ूत्यसैले, यस क्षेत्रमा भारतको नेतृत्वको भूमिका बढेकोले चीनले आफनो उपस्थितिलाई रणनीतिक प्रभावमा परिणत गर्ने चीनको प्रयासलाई धक्का लाग्यो,ू उनीहरूले आफनोे निष्कर्षमा भनेका छन ।
पाटिल र गिलले चिनियाँ लगानीले कसरी श्रीलंकामा आर्थिक संकट निम्त्यायो र त्यसपछि यस क्षेत्रको विकास साझेदारको रूपमा चीनको भूमिकाको प्रभावकारितामा देखिएको बदनियत शैलीमाथि प्रश्नहरू खडा गरेका छन । तिनीहरूले चिनियाँ लगानीमा बढ्दो विश्वव्यापी धक्का र भारतलाई लाभदायक स्थितिमा राख्दै यसको आर्थिक वृद्धिमा निरन्तर हुने फाइदालाई पनि औंल्याएका छन ।, भारतसँग यस क्षेत्रमा चीनको बढ्दो तर अझै पनि सीमित प्रभावलाई रोक्का गर्ने क्षमता छ सम्भवतः पाकिस्तान बाहेक चीनको दृष्टिकोणमा रहेको खाडललाई चित्रण गरेर मात्र होइन, आर्थिक सहयोगको माध्यमबाट, भारतको दृष्टिकोणलाई अझ राम्रो, जनता केन्द्रित बिचारको रुपमा बुझने कोशिस गर्नुपर्छ । जे होस श्रीलंकामा चीनको महगो ब्यापारिक खेल भारतको लागि एउटा मौका र उदार छबि देखिएको छ । भारतले श्रीलंकाबाट पाठ सिक्न उसका छिमेकी मित्रहरुलाई अनुरोध गर्नु पर्छ किनकी उनीहरुको देशमा आउने कुनै पनि तनाब र समस्याले भारत पनि अछुतो रहदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?