चीनको हेनानमा हजाारौ प्रदर्शनकारीहरुले बैकहरुलाई घेराउ गरे


बेइजिङ ृ ( एजेन्सीहरु )ः चीनको हेनान प्रान्तमा हालैको विरोध प्रदर्शनले रियल इस्टेट क्षेत्रमा संघर्ष जारी रहँदा चिनिया बैंकहरूले सामना गरिरहेको जोखिमलाई संकेत गरिरहेको छ ।
चीनको रियल इस्टेट क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २४ प्रतिशत ओगटेको छ, जुन राष्ट्रको कुल गार्हस्थ उत्पादनको झण्डै एक चौथाइ हो, लेखक अहाना रोय र सिद्धान्त नायरले चीन र एशियामा अनुसन्धानका लागि आफनो ध्यान केन्द्रित गरेका छन । उनीहरुले वर्षौंदेखि चिनियाँ सरकारले ऋणको फियास्को फैलाउने प्रयास गरेको र त्यसको लागि २०२० मा बेइजिङले घर जग्गा क्षेत्रका लागि ऋण नियमहरूको निरीक्षण र ह्यान्डल गर्ने नीति ल्याएको बताएक छन , जसलाई सामान्यतया “तीन रातो रेखा“ भनिन्छ । यसअन्तर्गत विकासकर्ताहरूले ७० प्रतिशतभन्दा कम सम्पत्ति अनुपात, खुद ऋण र इक्विटी अनुपात १०० प्रतिशतभन्दा कम र नगद र अल्पकालीन ऋण १ भन्दा कम अनुपातमा तीनवटा मापदण्ड पूरा गर्नुपर्ने भनिएको थियो ।
गत वर्ष, सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता, एभरग्रान्ड समूहले उनीहरूको ब्याज भुक्तानीमा डिफल्ट देखियो े, जसले अन्ततः सम्पूर्ण उद्योगलाई मन्दीमा पु¥यायो। र स्थिति जून २०२२ सम्म यथावत रहेको जनाइएको छ ।
लेखकहरूका अनुसार त्यसबाट बिक्री र घरको मूल्य घट्यो, निर्माण घट्यो, सम्पत्ति ऋण वृद्धि सुस्त भयो र उपभोक्ता विश्वास कमजोर भयो ।बजारमा स्थायित्वको संकेत देखिए पनि धितो संकट र बैंकिङ संकटलाई लिएर देशभर विरोध प्रदर्शन भएको छ । यो पछिल्लो दिनमा चीनको सरकारलाई अचानक आएको चुनौति हो ।
चिनियाँ वित्तीय प्रणाली अनिश्चित अवस्थामा छ,यो अबस्था आउनुको कारण भनेको “खराब पुँजी कारोबार“, तरलता तनाव, र विश्वव्यापी र घरेलु आर्थिक मन्दी नै हो ।
त्यसो त , रसिया–युक्रेन द्वन्द्व, लगायत चीनको अमेरिका भारत जापान कोरिया लगायत युरोपसंगको सम्बन्धले पनि आम नागरिकमा त्रास थपेको छ ,। यो घटनाले चीनको बैंक र घर जग्गा बजारमा विश्वव्यापी चिन्ता समान रूपमा देखिएको छ ।
बैकिग सङ्कटलाई झन् झन् नराम्रो बनाउने बाटोमा सङ्घर्षरत सम्पत्ति बजारले ल्याएको कमजोर चिनियाँ अर्थतन्त्रको पछिल्लो खुलासा हुनेछ ।जुलाई, एक हजार भन्दा बढी क्रोधित ग्राहकहरूले हेनानको बैंक अफ चाइना शाखामा सामूहिक विरोध प्रदर्शन गरको,छन भने आफ्नो बचत फिर्ताको माग गर्दै। आन्दोलन दबाउन स्थानीय सरकारले सादा लुगा लगाएको प्रहरी समेत खटाएको कुरा उनीहरुले नै आरोप लगाएका छन ।
चीनको हेनान प्रान्तका चार ग्रामीण बैंकहरूले अप्रिलदेखि लाखौं डलरको निक्षेप जम्मा गरिसकेका छन्, जसले पहिले नै कोविड तालाबन्दीबाट प्रभावित अर्थतन्त्रमा हजारौं ग्राहकहरूको जीविकालाई खतरामा पारेको छ।
निक्षेपकर्ताहरूले हेनानको प्रान्तीय राजधानी झेङ्झाउ सहरमा धेरै प्रदर्शनहरू गरेका छन्, तर चिनियाँ अधिकारीहरूले उनीहरूको मागलाई बेवास्ता गरिरहेका सीएनएनले रिपोर्ट गरेको एएनआईले उल्लेख गरेको छ ।
चीनमा स्थानीय बैंकहरू प्रणालीगत समस्याहरू र जोखिममा परेका छन्, बढ्दो आवास मूल्यहरू, नीतिको अनिश्चितता, र छाया बैंकिङको कारणले गर्दा। विश्वव्यापी वित्तीय सङ्कटपछि चिनियाँ बैंकिङ क्षेत्रको अन्तरसम्बन्ध र स्थिरतामा साना बैंक तथा वित्तीय संस्थाहरूले बढी प्रभाव पारेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?