नेपाल र भारत बीच बहुआयामिक सम्बन्ध


काठमाण्डौ ( असन बजार पत्रिका ) भारतको ७५ र्औ स्वतन्त्रता दिबसको अबसरमा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री तथा कुटनीतिज्ञ तथा पूर्वराजदूतले भौगोलिक निकटता समेत सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको बताएका छन । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सोमबार नेपाल–भारत मैत्री समाजले यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताले समान मूल्यमान्यताका साथै ‘रोटी बेटीका कारण नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको बताए । समारोहमा बक्ताहरुले नेपाल भारत समान लोकतान्त्रिक मूल्य मान्यताका साथ अगाडि बढेको बताएका छन । दुवै देशका जनताबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै बक्ताहरुले नेपाल र भारत सम्बन्धलाई अझ गहिरो, सुदृढ र फलदायी बनाउनुपर्नेमा जोड दिएका छन ।

प्रम्ख अतिथिको रुपमा भारतीय राजदूतको तर्फबाट राजदूताबासका काउन्सिलर अनिल गिरीले नेपाल भारत सम्बन्ध इतिहासको पानादेखि नै जन स्तरमा सुमाधुर रहेको बताएका  उनले नेपाल भारत सम्बन्ध आजको दिनमा सुमधुर रहेको बताएका छन ,। सो अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भारतको समृद्धि र विकासबाट नेपालले फाइदा लिने समय आएको बताएका छन । उनले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीको भूमिका र सहभागिताको पनि उल्लेख गर्दै भारतको आजको दिन ल्याउनुमा नेपाली नेताहरुको योगदान पनि भारतले बिर्सन नमिल्ने बताएका थिए ।

त्यसैगरी नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा राजन भट्टराईले दुई देशबीचको विद्यमान मैत्रीपूर्ण र उदाहरणीय सम्बन्धलाई अझ गहिरो, घनिष्ट र फलदायी बनाउनुपर्ने धारणा व्यक्त गरेका छन । सो अवसरमा पूर्वमन्त्री हिसिला यमी, पूर्बम्न्त्री एबम नेपाली काग्रेसका नेता सुनिल थापा , जनता समाजवादी पार्टीका नेता मनिष सुमन, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र भारतकै पूर्ब राजदूत एबम प्रा डा लोकराज बराल, पूर्व मुख्य सचिव तीर्थमान शाक्यलगायतले आफ्नो धारणा राखेका थिए । समारोहको अध्यक्षता नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले गरेका थिए भने समारोहमा युवा क्लबलाई ल्यापटप बितरण गरिएको थियो ,।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?