ओलीको आक्रोश :  ‘गठबन्धनका नेताहरूमा लाजशर्म छैन’


काठमाडौं,  १  भदौ  (अबप)  :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन रहेको टिप्पणी गरेका छन् ।

राजधानीस्थित पार्टी कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘यो देशद्रोही गठबन्धन हो । गठबन्धनले नेपाली जनतालाई ढाँट्छ, छल्छ। एमसिसीलाई पत्र लेख्छ अनि लेखेको छैन भनेर पन्छिन खोज्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहिं होइन लेख्न चाहिं लेखेकै हो भन्छ ।’ गठबन्धनका नेताहरूलाई लाजशर्म नभएको भनी आक्रोश व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?