माओवादी केन्द्रमा पदाधिकारीहरुको नाम प्रस्ताव, महासचिवमा देव गुरुङ


काठमाडौं,  ४  भदौ  (असनबजार पत्रिका)  :  नेकपा माओवादी केन्द्रमा पदाधिकारी छान्न सकस बेहोरिरहेका अध्यक्ष प्रचण्डले एक प्रकारको खाका प्रस्तुत गर्न सफल भएका छन् ।

 

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा  कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन् ।

(प्रस्तावित महासचिव गुरुङ)

यसैगरी, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् । त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्तको नाम प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?