गठबन्धनका नेताहरु कालापानी नेपालको भू-भाग हो भन्नसमेत डराए : ओली


काठमाडौं,  ६  भदौ  (अबप)  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो भन्न समेत डराएको टिप्पणी गर्नुभएको छ ।

 

अध्यक्ष ओलीले सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा चुनावबाट गठबन्धन भाग्न नसक्ने भन्दै गठबन्धनका नेताहरु भागबण्डा गरेर बसेको तर जनताले भागबण्डेलाई देखाइदिने बताउनुभयो ।

 

अध्यक्ष ओलीले नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको सो जमिन हाम्राे हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको  स्मरण गराउनुभयो ।

 

दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको उहाँले दोहोर्‍याउनु भयो । गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै ओलीले आपत्ति जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?