पाकिस्तानमा इमरान खानलाई गिरफ्तार नगर्न अदालतको आदेश


काठमाडौं,  ६  भदौ  (असनबजार पत्रिका)  :  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि इस्लामावाद हाइकोर्टले आगामी अगस्ट २५ तारिखसम्म गिरफ्तार नगर्न आदेश जारी गरेको छ । यसले खानलाई राहत मिलेको छ । अब तीनपछि खान अदालतमा उपस्थित हुनेछ । त्यसपछि अदालतमा फेरि थुनछेकका सम्बन्धमा बहसबाजी हुनेछ ।

यसअघि शहबाज शरीफ सरकारको तर्फबाट आतंकवादविरुद्धको कानुनअन्तर्गत इमरान खानलाई गिरफ्तार गर्न उनीविरुद्ध वारन्ट जारी गरिएको छ । सरकारको वारन्टविरुद्ध खान र उनको पार्टीको कानुनवेत्ताहरू अदालतमा चुनौती दिनएका थिए ।

यसअघि प्रहरी प्रशासनले खानविरुद्ध अनुसन्धान शुरू गरेको थियो । खानमाथि गत शनिबार आयोजित आमसभामा न्यायालय र प्रहरीविद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान थालिएको हो । प्रहरी प्रशासनको छानबिनको खबरसँगै खानका समर्थकहरू उनको घर अगाडि भेला भएर खानलाई पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका थिए । गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उनले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन् ।

आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिइएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएको र सोही अभिव्यक्तिका आधारमा खानले आतंकवादविरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानबिन थालेको समाचारमा जनाइएको छ।

खानको पार्टी तेहरिक–ए –इन्साफले आइतबार रावलपिण्डी र अन्य शहरहरूमा गर्ने भनिएको प्रदर्शन र सभालाई प्रतिबन्ध लगाइएको थियो भने कुनै पनि मिडियालाई खानका भाषणहरूको प्रत्यक्ष प्रसारण गर्न पनि बन्देज लगाइएको छ । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?