भारतमा आतंकवादी हमलाको योजनाकार आइएस आत्मघाती कमाण्डो रुसद्वारा पक्राउ


मस्को ( एजेन्सीहरु ) रूसी संघीय सुरक्षा सेवा( एफएसबी ) सोमबार जनाए अनुसार उसका अधिकारीहरूले एक आत्मघाती बमवर्षकलाई पक्राउ गरेका जनाएका छन । पक्राउ गरेका ब्यक्ति इस्लामिक स्टेट आतंकवादी समूहको सदस्य, रहेको र उसले भारत विरुद्ध आतंकवादी हमलाको योजना बनाइरहेको थियो। रुसी समाचार एजेन्सी स्पुतनिकले रिपोर्ट गरेको छ।
ूरूस ले रुसमा प्रतिबन्धित इस्लामिक स्टेट अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सदस्यलाई पहिचान गरी हिरासतमा राखेको छ जो मध्य एसियाली क्षेत्रको एक देशको मूल निवासी हो, उसले सत्तारूढ दलका प्रतिनिधिहरू मध्ये एक बिरूद्ध विस्फोट गरेर आतंकवादीयोजनालाई अन्जाम दिने तयारी गरिरहेको यियो । । पक्राउ परेकालाई टर्कीमा भर्ना गरिएको थियो र त्यहाको आत्मघाती बमवर्षकका रूपमा नेताहरू मध्ये एकले भर्ती गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो बारेको थप समाचार आउने बाकी रहेको छ । एएनआईका अनुसार इस्लामिक राज्य र यसका सबै अभिव्यक्तिहरूलाई आतंकवादी संगठनको रूपमा अधिसूचित गरिएको छ र केन्द्रीय सरकारद्वारा गैरकानूनी गतिविधि रोकथाम० ऐन, को पहिलो अनुसूचीमा समावेश गरिएको छ।
गृह मन्त्रालयका अनुसार आईएसले आफ्नो विचारधाराको प्रचार गर्न इन्टरनेटमा आधारित विभिन्न सामाजिक सञ्जालहरू प्रयोग गरिरहेको छ। यस सम्बन्धमा सम्बन्धित निकायले साइबरस्पेसलाई नजिकबाट नियालिरहेको छ र कानुनबमोजिम कारबाही भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?