६५८ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु


काठमाडौं,  ६  भदौ  :  पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ६४३ कोरोना परीक्षण गर्दा ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीन हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ र तीन हजार २६२७ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै, हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २९६ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३८ हजार  १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?