राजधानी काठमाण्डौमा नारा घन्किए , चिनिया बिस्तारबाद मूर्दाबाद


काठमाडौं भदौ ७ असन बजार पत्रिका ) युवा विभाग राष्ट्रिय एकता अभियानले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता खारेज समेत मुस्लिम आयोग खारेज गर्न माग गर्दै विरोध र्‍याली निकालेको छ ।
उनीहरुले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्‍यालीमा सयौंको सहभागिता रहेको थियो चिनिया बिस्तारबाद बिरुद्ध उनीहरुले नारा घन्काएका थिए । नागरिक समाज युवा संगठनले बीआरआई सम्झौता राष्ट्रविरोधी भएको आरोप लगाएको थियो भने मुस्लिम आयोगले इस्लामिक जेहादी विचारधारालाई अँगालेको र त्यसलाई बढावा दिएको समेत बताइएको छ । उनीहरुले चिनिया बिस्तारबाद मूर्दाबाद भन्दै नारा घन्काएको समेत समाचारदाताले जनाएका छन । चीनले काठमाण्डौबाट भारतीय बिमान अपहरण लैजाने पाकिस्तानी आतंकबादी मसुद अजहरलाई अन्तराष्टिय आतंकबादी घोषणा गर्न ढिलाई गरेकोमा एउटा ठूलो राष्टबादी नेपाली हिन्दुबादीहरु असन्तुष्ट रहेका छन ।
राजधानीमा आयोजित र्‍यालीमा प्रदर्शनकारीले ‘ विरोध जुलुसमा मुस्लिम आयोगलाई बढावा दिने आयोग खारेज गर’, ‘राष्ट्रविरोधी बीआरआई सम्झौता खारेज गर’, ‘चिनियाँ विस्तारवादको अन्त्य गर’, ‘नेपाललाई हिन्दू राष्ट्र स्थापना गर’लगायतका नारा लगाएका थिए ।।
काठमाडौंको नयाँ बानेश्वर पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो जहाँ अभियानका अध्यक्ष विनय यादवले राष्ट्रविरोधी बीआरआई सम्झौता र जेहादी प्रवद्र्धन गर्ने मुस्लिम आयोगलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका थिए ।
र्‍यालीमा एकता अभियानका केन्द्रीय सदस्य राजेश चन्द्र यदुवंशी, युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डे, सदस्य प्रीति पाण्डे, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादवलगायतको उपस्थिति रहेको थियो । उनीहरुले बीआरआई सम्झौता र मुस्लिम आयोगलाई चाँडो भन्दा चाँडो खारेज गर्नुपर्नेमा जोड दिए,को समेत असन बजारलाई प्राप्त रिपोर्टमा बताइएको छ ।यस हप्ताको सुरुमा, नेपाल मजदुर किसान पार्टीले नयाँ बानेश्वरको संसद भवन नजिकै विरोध सभा गरेको थियो र भर्खरै पारित नागरिकता विधेयकको कडा विरोध गर्दै उसले त्यसको खारेजीको पनि माग गरेको थियो ।नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा लगिएका नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरिरहेका सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको असन बजार संबाददाताहरुले जनाएका छन् ।
कोटेश्वरमा जम्मा भएका आन्दोलनकारीहरू मीन भवनसम्म र्‍याली गर्दै मिन भवनको सडकमा विरोध सभा गरेका थिए । बैठकलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।
नेपाल सरकारले हालै पारित गरेको नागरिकता विधेयक अहिले संसदमा बहस भइरहेको छ ।भर्खरै संसदले नागरिकता संशोधन विधेयक पारित गरेको थियो । जुन दुई वर्ष भन्दा बढी समयदेखि छलफलमा रहेको थियो, जसमा राजनीतिक दलहरूले सहमति जुटाउन सकेनन्।
नेपाल नागरिकता ऐन २०६३ लाई परिमार्जन गर्ने गरी सन् २०२० देखि प्रतिनिधिसभामा छलफल भइरहेको विधेयकमा उल्लेख छ ।तर, पारित भएको एक महिनापछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाए पनि राष्ट्रपतिले पुनःविचारका लागि प्रतिनिधिसभामा फिर्ता गर्नु भएको थियो ।यसैबीच, बेल्ट एण्ड रोड इनिसिएटिभको इतिहासको कुरा गर्ने हो भने नेपाल र चीनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सन् २०१७ मेमा बेल्ट एण्ड रोड इनिसिएटिभ ( बीआरआई) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।द्विपक्षीय सम्झौताले मुलुकमा द्रुत पूर्वाधार विकास गर्ने विश्वास लिइएको थियो । तर, कुनै ठोस आयोजना अघि बढेको छैन ।
बीआरआईमा हस्ताक्षर भएको पाँच वर्ष बितिसक्दा पनि एउटा पनि आयोजनाको टुंगो लागेको छैन । पर्यवेक्षकहरू भन्छन् कि बेइजिङले आफ्नो विस्तारवादी योजनालाई अगाडि बढाउन नेपालको भूभागको दोहन गर्ने लक्ष्य राखेको छ। सन् २०१९ को शुरुमा नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत निर्माण गर्नका लागि नौ विभिन्न परियोजनाहरू प्रस्ताव गरेको थियो।जसमा ट्रान्स हिमालयन रेलवे कनेक्टिभिटीको सम्भाव्यता अध्ययन, ४०० केभी बिजुली प्रसारण लाइनको विस्तार, नेपालमा प्राविधिक विश्वविद्यालय स्थापना, नयाँ सडक, सुरुङ र जलविद्युत बाँधको निर्माण समावेश थियो। तर आजसम्म पनि चीनसग नेपाल सम्झोताका लागि तर्सिएको अबस्था छ । चीनले श्रीलंकाको हम्बन्टोटालाई ऋण दिएर जुन हबिगतमा श्रीलंकालाई लगेको छ त्यो घटनाले नेपाल पनि चीनको ऋण लिने कुरामा अगाडि बढेको छैन । नेपाली नेताहरुले चीनको अनुदान बाहेक अरु कुरामा ध्यान दिएका छैनन ।पोखरा र भैरहवा बिमानस्थलको महगो लागतले पनि धेरै आंशका चिनिया ऋणको बारेमा उठेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?