६ सय ३४ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु


काठमाडौं,  ७  भदौ  (अबप)  :  पछिल्लो २४ घण्टामा थप ६ सय  ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९ सय ४९ कोरोना परीक्षण गर्दा ६ सय ३४  जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ७ सय  ५७ पीसीआर परीक्षण गर्दा ३ सय  ४३ र दुई हजार १ सय  ९२ एन्टिजेन परीक्षण गर्दा २ सय  ९१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय १७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार २ सय  २१ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १६ हजार ६ सय  ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?