पाकिस्तानी कूटनीतिज्ञ यौन उत्पीडनको आरोपमा स्पेनमा बर्खास्त गरिए


(एएनआई ) इस्लामाबाद ृपाकिस्ताने, अगस्त २४ स्पेनको बार्सिलोना शहरमा एक वरिष्ठ पाकिस्तानी कूटनीतिज्ञ र पाकिस्तानका कन्सुल जनरललाई यौन उत्पीडनको आरोपमा बर्खास्त गरिएको स्थानीय मिडियाले जनाएको छ।पाकिस्तानी प्रकाशन द नेसनका अनुसार यस महिनाको सुरुमा वाणिज्य दूतावासका एक स्थानीय कर्मचारीले मिर्जा सलमान बेग विरुद्ध उजुरी दर्ता गराएका थिए।समाचार स्रोतहरूलाई उद्धृत गर्दै, जनाइएअनुसार ११ अगस्तमा सम्बन्धित देशले रिपोर्ट गरेको पनि जनाइएको छ तर कर्मचारीको नाम, त्यो बेला सार्बजनिक नगरिएको भए पनि म्याड्रिडमा रहेका पाकिस्तानी राजदूत शुजात राठौरलाई उजुरी दिए,पछि उनले थप अनुसन्धानको लागि इस्लामाबादको विदेश मन्त्रालयका अधिकारीलाई त्यो खबर पठाएका थिए ।
द नेशनप्रकाशनका अनुसार पाकिस्तानी परराष्ट्र मन्त्रालयले घटनाको छानबिन गर्न दुई सदस्यीय टोली बार्सिलोना र म्याड्रिड पठाएको छ । उनीहरुले अनुसन्धान पूरा गरेपछि पाकिस्तानी परराष्ट्र मन्त्रालयले अधिकारीलाई पदबाट हटाएर इस्लामावादस्थित मुख्यालयमा फिर्ता बोलाएको थियो ।
द नेशन प्रकाशनका अनुसार उजुरीकर्ताले आफ्नो उजुरीमा काउन्सिल जनरलले सामाजिक सञ्जाल मार्फत सन्देश पठाउने गरेको आरोप लगाएकी थिइन , जुन उनले आफनो उजुरीमा दाबी गरेकी छन्।
यसैबीच, पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले सिन्धमा ठूलो बाढीका कारण सोमबारको युरोप भ्रमण रद्द गरेका छन्। उनको युरोप भ्रमण जर्मनी, डेनमार्क, स्वीडेन र नर्वेसँगको सम्बन्धलाई मजबुत बनाउने योजना सहित अगाडि बढेको थियो ।
एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार बिलावलले पदभार ग्रहण गरेपछि ईयू देशहरूको आफ्नो पहिलो भ्रमणको पहिलो चरणमा सोमबार जर्मनी जाने कार्यक्रम थियो। उही यात्रा कार्यक्रमको साथ संशोधित तालिका चाँडै घोषणा गरिनेछ, पाकिस्तान पीपुल्स पार्टी को एक स्रोतले जनाएको छ ।यात्रा स्थगित गर्ने निर्णय सिन्धका थप दुई जिल्लाहरूलाई विनाशकारी वर्षा र बाढीका कारण ूविपत्तिग्रस्तू घोषणा गरिएको एक दिन पछि आएको , एक्सप्रेस ट्रिब्युनले रिपोर्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?