भारतमा प्रेमगीत–३ ले धूम मच्चाउँदै, नेपाली चलचित्र उद्योग फस्टाउँदै


काठमाडौँ,  ८  भदौ  (असनबजार पत्रिका)  :   भारतमा यतिबेला नेपाली चलचित्र ‘प्रेमगीत–३’ ले धूम मचाउन थालेको छ । यस चलचित्रको हिन्दी भाषामा डब गरेर गरेर नेपालसँगै भारतलगायत अन्य मुलुकमा एकै दिन आगामी ७ असोजमा रिलिज गरिने तयारी हुँदैछ ।

विशेषगरी ‘प्रेमगीत ३’ को गीत जी म्युजिकले युट्युबमा सोमबार रिलिज गर्दा यसले अहिलेसमम अभूतपूर्व बजार पाएको छ । उक्त चलचित्रको टिजर युट्युबमा रिलिज हुँदा यसले करोडौं दर्शक कमाएको छ । यस चलचित्रलाई बाहुबलीसँग जोडिएर हेरिएको छ । व्यग्रतापूर्वक चलचित्र हेर्न आतुर छन्, भारतीय दर्शकहरू । उनीहरूको व्यग्रता युट्युबमा गरिएको टिप्पणीबाट प्रस्टिन्छ ।

 

नेपाल–भारतका सिने निर्माताहरूको संयुक्त लगानीमा निर्माण गरिएको प्रेमगीत–३ को गीतमा भारतीय गायकगायिकाले स्वर दिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले रिलिज मिति नजिकिँदै गरेकाले चारवटै गीत एकसाथ रिलिज गर्नुपरेको बताएका छन् ।

 

गीतमा ‘जहान भी जाओ आई सनममा गायक राहत फतेह अली खानको स्वर र देवराजको संगीत गीत हरि शंकर सुफीले लेखेका हुन् । त्यस्तै, दोस्रो गीत ‘कोई न कोई नाता है‘’मा जुबिन नौटियाल, पवनदीप राजनको संगीत र सुभाष कालेको शब्द रचना छ ।

 

फिल्मको तेस्रो गीत ‘तुम प्यार हो‘’ मा पलक मुच्छल र अंकित तिवारीको स्वर छ । जसमा असलम कीको संगीत र कुमारको शब्द छ । चौंथो गीत ‘मुझ में बस जाना‘’मा पलक मुच्छल र देव नेगीको स्वर छ । नेपाली संगीतकार कल्याण सिंहको संगीत रहेको यो गीत ए एम तुराजले लेखेका हुन् ।

 

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनीष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्मृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको अभिनय छ । मनाङमा खिचिएको चलचित्र राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?