मेयर बालेनको एकपछि अर्को एक्सन, काठमाडौँ मलको अवैध संरचना भत्काइयो


काठमाडौँ,  ८  भदौं  (अबप)   :  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह एकपछि अर्को सुधारात्मक काममा उत्रिएका छन् । उनको नेतृत्वको टोलीले काठमाडौँ मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: मिति दिएर बुधबार फर्किएको छ ।

यसअघि नर्भिक इन्टरनेसनल अस्पतालले गलत ढंगले लिजमा लिएको सार्वजनिक जग्गा र त्यस जग्गामा अस्पतालले बनाएको अवैध संरचना भत्काउन प्राविधिक समिति गठन गर्न उनी आफैं कार्यक्षेत्रमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?