अमेरिकाले ताइवान स्ट्रेटमा दुई युद्धपोत पठायो,


ताइपेई अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइबान टापुको वरिपरि अभूतपूर्व सैन्य अभ्यास गरेपछि पहिलो पटक संयुक्त राज्य अमेरिकाको नौसेनाका दुई युद्धपोत ताइवान स्ट्रेटमा प्रवेश गरेका छन्।आइतवार, निर्देशित(मिसाइल क्रूजरहरू यूएसएस एन्टिएटाम र यूएसएस चान्सेलर्सभिलले ूअन्तर्राष्ट्रिय कानून अनुसार उच्च समुद्रको नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रता लागू हुने पानीको माध्यमबाट आफ्नो यात्रा गरिरहेका थिए,ू जापानमा रहेको यूएस ७ औं फ्लीटले एक विज्ञप्तिमा बताएका छन ।
ूयी जहाजहरू कुनै पनि तटीय राज्यको क्षेत्रीय समुद्रभन्दा परको स्ट्रेटमा एउटा करिडोरबाट (ट्रान्जिट गर्दैछन् ) । त्यसो त यो पनि अनुमान गर्न सकिन्छ कि ताइवान स्ट्रेटबाट जहाजहरूको ट्रान्जिटले स्वतन्त्र र खुला इन्डो(प्यासिफिकको लागि संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता देखाउँछ । संयुक्त राज्य अमेरिकाको सैन्य उडान, जहाँ पनि अन्तर्राष्ट्रिय कानूनले अनुमति दिने बिज्ञप्तीमा बताइएको छ
११० माइल स्ट्रेट भनेको पानीको एक भाग हो जसले प्रजातान्त्रिक स्वशासित टापु ताइवानलाई मुख्य भूमि चीनबाट अलग गर्दछ।चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस टापुमा कहिल्यै नियन्त्रण नगरेको भएता पनि बेइजिङले ताइवानमाथि सार्वभौमसत्ता दाबी निरन्तर गरिरहेको छ उसले यो स्ट्रेटलाई आफ्नो ूआन्तरिक जलक्षेत्रको रुपमा स्वीकार गरेको छ ।
यद्यपि अमेरिकी नौसेना अधिकांश स्ट्रेट अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको सीएनएनले जनाएको छ।
शुक्रबार पनि अमेरिकी सिनेटर मार्सा ब्ल्याकबर्नको ताइवान भ्रमणपछि चीनले स्वशासित टापुको वरिपरि समुद्र र हवाई क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको ग्लोबल टाइम्सले जनाएको छ।
ताइवान क्षेत्रको रक्षा प्राधिकरणले जारी गरेको जानकारी अनुसार शुक्रबार टापुको वरिपरि आठ नौसेना जहाजहरू र३५ विमानहरू फेला परेका थिए, । जसमध्ये १८ वटा विमान ताइवान जलडमरू र टापुको वायु रक्षा पहिचान क्षेत्र को मध्य पूर्वी भागमा उडेका थिए ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) को पूर्वी कमाण्डले ताइवान टापु वरपरको समुद्र र आकाशमा बहु(सेवा र हतियार संयुक्त लडाई(तयारी गस्ती र यथार्थपरक युद्ध अभ्यासको आयोजना गरेको केही घण्टा पछि अमेरिकी सिनेटर मार्सा ब्ल्याकबर्नले ताइवानका राष्ट्रपति साई इङ्ग(वेनसँग भेट गरेका छन । ,उनको तीन दिने भ्रमणको क्रममा क्षेत्रीय सुरक्षा र अर्धचालक आपूर्ति श्रृंखला जस्ता मुद्दाहरूमा छलफल गरेका छन ।
पूर्वी कमाण्डले भनेको छ ताइवान जलडमरूमा बदलिंदै गरेको परिस्थिति अनुसार आयोजित नियमित सैन्य अपरेशन हो। उसले भनेको छ राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाका साथै ताइवान जलडमरूमा शान्ति र स्थिरताको दृढतापूर्वक रक्षा गर्नेछ,

ब्ल्याकबर्न, टेनेसी रिपब्लिकन हुन जो सिनेट सशस्त्र सेवा समितिमा बस्छन्, बिहीबार ताइवान आइपुगेका छन ।अमेरिकी सांसदको पछिल्लो ताइवान भ्रमणले चीनलाई फेरि निराश बनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एक विज्ञप्तिमा भनेका छन्, ूअमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणले एक चीन सिद्धान्त र चीन(अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको छ, र अमेरिकाको प्रतिबद्धताको विरुद्धमा यो निर्णय गइसकेको छ । ूविश्वमा एउटा मात्र चीन छ र ताइवान चीनको भूभागको अविभाज्य भाग हो। जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो,ू चिनियाँ प्रवक्ताले भनेका छन ।
ब्ल्याकबर्न फिजी, सोलोमन टापु र पपुवा न्यू गिनीमा रोकिएपछि ताइवान आइपुगेका हुन । द हिलको रिपोर्ट अनुसार उनलाई ताइवानको विदेश मन्त्रालयका उत्तर अमेरिकी मामिलाका महानिर्देशक डगलस सुले विमानस्थलमा स्वागत गरेका थिए, घ।
उनको भ्रमण यस महिनाको सुरुमा अमेरिकी सदनका सभामुखको ताइवान भ्रमणको पृष्ठभूमिमा भएको हो।पेलोसप् २५ बर्षमा ताइबान भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी थिइन । (एएनआई )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?