चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौं,  १२  भदौ (अबप) :  आइतबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । आज दिनभर देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आइतबार राती पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षाले पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?