थप २ सय २६ जनामा कोरोना संक्रमण


काठमाडौँ,  १३  भदौ  (अबप)  :  पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार एक हजार ५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४५ जना र दुई हजार ४ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ सय २३ जना संक्रमणमुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?