भारतीय वायु सेनाका उपप्रमुख सिंह नेपाल भ्रमणमा


काठमाडौं,  १३  भदौ  (असनबजार पत्रिका) :  भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका छन् । नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना आइतबार दिउँसो उनको नेतृत्वमा
नेपाल आइपुगेका हुन् ।

 

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गतेसम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ । ५ दिन नेपाल रहँदा सैनिक टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

 

नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सिंहको टोलीले नेपाली सेनाको आर्मी हेडक्वार्टरको सोमबार नै भ्रमण गर्ने जानकारी दिँदै टोलीले मंगलबार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने बताए । यस्तै, भ्रमण दलले पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार स्क्वायर, लुम्बिनीलगायत पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । यसअघि पनि विभिन्न देशले सञ्चालन गर्ने उच्चस्तरका सैनिक तालिममा सहभागीहरुले नेपालको भ्रमण गर्ने गरेको तालिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?