भारतीय गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल


काठमाडौं,  १४  भदौ  (एजेन्सी) : भारतीय अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति भएका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति भएको प्रकाशमा आएको हो हो ।
बिलिनियर्स इन्डेक्सका अनुसार अहिले अडानीको कूल सम्पत्ति १ सय ३७ दशमलव ४ बिलियन डलर पुगेको छ । सर्वाधिक धनी व्यक्तिको सूचीमा उनीभन्दा अगाडि अमेजनका संस्थापक जेफ बेजोस र टेस्लाका सीईओ एलन मस्क छन् ।

सबैभन्दा धनी व्यक्ति मस्कसँग अहिले कूल २ सय ५१ बिलियन डलर सम्पत्ति रहेको छ । दोस्रो स्थानमा रहेका बेजोससँग १ सय ५३ बिलियन डलर सम्पत्ति रहेको छ । जनवरीदेखि यतामात्रै अडानीको सम्पत्ति ६० दशमलव बिलियन डलर बढेको रिपोर्टमा उल्लेख छ । अडानी गत फेब्रुअरीमा मात्रै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी बन्न सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?