रत्नपार्कमा प्राधिकरणको चार्जिङ स्टेसन स्थापना


काठमाडौँ,  १४  भदौ  (अबप)  :  ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको मंगलबार उद्घाटन गरेका छन् ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् ।

उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएको बताउँदै भनिन्, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुकभित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पेट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । योभन्दा विद्युत १० गुणा सस्तो छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?